साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिइन्

काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । रेखाले अमेरिका बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् । 

३७ वर्षीया थापा र ४० वर्षीय शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए। 

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। १० वर्षअघि ओझासँगको वैवाहिक जीवन टुंगिएको थियो । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले नेपाली चलचित्र क्षेत्रलाई थुप्रै सफल चलचित्र दिएकी छन् । 

पछिल्लोसमय उनी राजनीतिमा पनि सक्रिय भएकी थिइन्। 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ०३ बजे