आन्तरिक हवाई उडानमा अत्यधिक चाप

थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा कुल ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, आज थप ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १० जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८९२ पुगेको छ ।  

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ०१ बजे