सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ

काठमाडौँ । सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।

राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १ : ५६ बजे