दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ८ हजार १७३ जनामा कोरोनाको संक्रमण पुष्टि, २६४ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप ८ हजार १७३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा  थप ८ हजार १७३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । 

पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी कुल ८ हजार १ सय ७३ जनामा संक्रमण देखिएको छ  । पछिल्लो २४ घण्टामा देशभर ७ हजार १ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किसकेका छन् ।

आज काठमाडौँ  उपत्यकामा  २ हजार ४ सय ८६ जना संक्रमितहरु थपिएका छन् ।

यस्तै गत २४ घन्टामा २ सय ६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ५३ बजे