दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिकी पनडुब्बीलाई रुसको नौ सेनाको जहाजले लखेट्यो

न्युयोर्क – युक्रेनको तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच फोन वार्ता बिफल भएसँगै प्रशान्त क्षेत्रमा रुस र अमेरिका अर्को द्वन्द्वमा संलग्न रहेको विवरण सार्वजनिक भएको छ । प्रशान्त क्षेत्रमा आफ्नो पानीभित्र नौ सेनाको जहाजले अमेरिकी पनडुब्बीलाई लखेटेको रुसले दाबी गरेको छ ।

तर, रुसको स्वामित्वमा रहेको समुद्रमा सैन्य कारबाही भएको विषयलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको र राष्ट्रिय सुरक्षा खतरा निम्त्याएको रसियाले आरोप लगाएको छ ।  

युक्रेनको सीमाा नजिक रसियाली सेनाको परिचालनलाई लिएर मस्को र वासिंगटनबीच द्वन्द्व बढिरहेको बेला प्रशान्त क्षेत्रमा प्रतिद्वन्द्वी देशबीच अर्को तनाब बढेको हो । 

नौ सेनाको जहाजले दिएको आदेशलाई पनडुब्बीले अस्वीकार गरेपछि द्वन्द्वको स्थिति आएको रसियाली रक्षा मन्त्रालयलाई उदृत गर्दै इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।  तर, ती सबै आरोप अमेरिकाले खन्डन गरेको छ ।

एउटा विज्ञप्तिमा अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन काले रेन्सले भनेका छन्, ‘उनीहरुको स्वामित्वमा रहेको समुद्रमा सैन्य कारबाही भएको भन्ने विषयमा कुनै सत्यता छैन । हाम्रो पनडुब्बी रहेको निश्चित स्थानबारे म टिप्पणी गर्न गर्ने छैन् । तर, अन्तर्राष्ट्रिय पानीमा हामीले सुरक्षित ढंगले अगाडि बढ्ने छौं ।’ 

एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ५१ बजे