आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानन्यायाधीशमाथिको महाभियोगले मुलुक थप द्वन्द्वतिर धकेलियो : नेता रिजाल

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टिप्पणी गर्नुभएको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत महाअभियोगबारे टिप्पणी गर्नुभएको हो  ।

उहाँले महाअभियोग प्रस्तावलाई लिएर तीनबुँदे आरोप लगाउनु भएको छ । 

रिजालले लेख्नु भएको छ –

१. प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ ।

२. स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।

३. सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : २६ बजे