साफ यू–१७ च्याम्पियनसिप आजदेखि

२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण

जलेश्वर। महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा  सामुदायिक भवन निर्माण गरिदिनुभएको  छ ।

रु २२ लाखका लागतमा निर्माण सम्पन्न सो  भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , छलफल तथा  सामाजिक कामका लागि  सहज हुने छ । 
 
सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका अध्यक्ष विक्रम चौधरीले समेत पिपरा गाउँपालिका–१ खैरबागाउँमा सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो ।   सो प्रतिवद्धता हालसम्म कार्यान्वयनमा नआएको स्थानीयवासीको गुनासो गरेका  छन् । रासस

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ४५ बजे