‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार,  ५ जना मन्त्रीमध्ये चारले लिए सपथ 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ  ।  विस्तारित मन्त्रिपरिषदका किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा आजै सपथ खानुभएको छ । प्रदेश प्रमुख सीता पौडेलबाट यहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएका दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित रहनुभयो  । यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री हुुनुहुन्थ्यो  । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएपनि गुरुङले स्वास्थ्यका कारण  मन्त्रिपरिषद विस्तार  पछि सार्नुभएको  थियो  । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै हुनुहुन्छ ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ११ बजे