सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमालेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण आज प्रदेश नं. १ बाट सुरु हुँदै

काठमाडौँ । नेकपा एमालेको स्थानीय तहको निर्वाचन केन्द्रित प्रशिक्षण आजबाट सुरु हुने भएको छ । 

आज प्रदेश नं. १ बाट सुरु हुने प्रशिक्षण सुदूरपश्चिम प्रदेशमा फागुन १७ मा समापन हुनेछ । 

आजदेखि सुरु भएको प्रशिक्षणको पार्टीका अध्यक्ष केपी शर्मा ओली माघ २८ गते शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।  

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण: राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरू, स्थानीय तहमा हाम्रा पाँच वर्ष: उपलब्धि र अनुभवहरू, स्थानीय तह निर्वाचनको तयारी: राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरू लगायतका विषयहरूमा प्रशिक्षण दिइने एमालेले जनाएको छ  ।

सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई केन्द्रित रहेर कार्यक्रम आयोजना गर्न लागिएको एमाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम प्रदेश नं १ को फागुन १ र २, गते विराटनगरमा, मधेस प्रदेशको  ३ र ४ गते जनकपुरमा, बागमती प्रदेशको फागुन ६–७, काठमाडौँमा, गण्डकी प्रदेशको फागुन ८ र ९, गते पोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२ गते बुटवल र दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७, धनगढीमा हुने जनाइएको छ ।

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : १९ बजे