आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपालमा पनि आज विश्व रेडियो दिवस मनाइँदै 

काठमाडौँ । विश्व रेडियो दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । 

सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा रेडियो दिवस मनाउने गरिएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ मा हरेक वर्षको फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

१०४ वर्षीय निरङ्कुश जहानियाँ राणा शासन अन्त्यका लागि नेपाली काँग्रेसले २००३ सालमा रेडियो प्रसारण सुरु गरेको पाइन्छ  । 

नेपालमा २८ मङ्सिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।  अहिले एफएम रेडियो सयौँको सङ्ख्यामा सञ्चालित छन् । अधिकांश जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । 

रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आबद्ध छन् । श्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ५२ बजे