आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । 

तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म मौसम सफा रहने छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ४० बजे