दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जर्मनीले युक्रेन छोड्न आफ्ना नागरिकसँग आग्रह  

बर्लिन । युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिवार निर्देशन दिएको छ ।

तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यूक्रेनी सीमा नजिकै रुसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रुस र युक्रेनबीच फेरि तनाव बढेको छ ।”

“हाल तपाईँ युक्रेनमा हुनुहुन्छ भने तपाईँको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरुरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस् ।”  

यसैबीच रुसी विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र पश्चिमले यूक्रेन र रूसबीच यूक्रेनमा द्वन्द्व चाहेको आरोप लगाउनुभयो । रासस /एएफपी

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : २८ बजे