आन्तरिक हवाई उडानमा अत्यधिक चाप

थप ८३६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा कुल ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, आज थप १ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १०२ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ४ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ८८२ पुगेको छ ।  

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : ३६ बजे