काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ ।
पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उहाँहरूबीच भेटघाट भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उहाँको भनाइ छ ।
प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १२ : २९ बजे
प्रतिक्रिया