आन्तरिक हवाई उडानमा अत्यधिक चाप

करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको मृत्यु

सर्लाही । सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ वर्षका रामु महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।  

महतोलाई बचाउने क्रममा सोही स्थानका २१ वर्षीय दीपककुमार महतो समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १२ : २१ बजे