‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चार देशीय टी–२० शृङ्खला: आज युएईविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको दोस्रो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध मैदान उत्रँदै छ । 

शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल युएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ः०० बजेदेखि सुरु हुनेछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रवार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

नेपालको जितमा ब्याटिङतर्फ  दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।

आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, युएई र आयरल्यान्ड चार देशीय शृङ्खलामा सहभागी छन् । 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ११ : ३२ बजे