आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लार्के हिमाल जडीबुटी उद्योगलाई दुई विधामा आइएसओ प्रमाण पत्र

​​​​​​​काठमाडौँ । लार्के हिमाल जडीबुटी उद्योग प्रा.लिलाई दुई विधामा आई.एस.ओ. प्रमाण पत्र प्रदान गरिएको छ । 

शुक्रवार एक कार्यक्रमका बीच लार्के हिमाल जडीबुटी उद्योग प्रा.ली.लाई दुई विधामा आई.एस.ओ. प्रमाण पत्र प्रदान गरिएको हो । 

इन्स्टिच्युट अफ इन्नोभेसन फर क्वालिटि एस्सुरेन्स (आई.आई.क्यू.ए.) का प्रमुख इनुशा खड्काले लार्के हिमाल जडीबुटी उद्योगका निर्देशक डा. हेमन्त कुमारलाई मुडी इन्टरनेशनलको तर्फबाट आइ.एस.ओ. २२०० को प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै, आई.आई.क्यू.ए.का सल्लाहकार श्री शारदाप्रसाद धितालले लार्के हिमालका बजार निर्देशक राजन के.सी.लाई हलाल प्रमाण पत्र प्रदान गर्नुभयो । 

नेपालमा उत्पादन गरी विश्वभरि खाद्यान्न, स्वास्थ्य, सौन्दर्य सामग्रीहरू बजार विस्तार गरिसकेको लार्के हिमाल जडीबुटी उद्योग नेपालीद्वारा सञ्चालित नेपालकै पहिलो उद्योग हो । 

कम्पनीले विभिन्न जिल्लाहरूबाट कच्चा पदार्थ सङ्कलन गरी त्यसको प्रशोधन तथा सामग्री निर्माण कार्य गर्ने गरेको छ । 

विश्वव्यापी रूपमा आई.एस.ओ. को महत्त्व बढ्दै गएको सन्दर्भमा र विशेष गरी अन्य देशमा उत्पादन निर्यात गर्दा आइ.एस.ओ. प्रमाणीकरणको आवश्यकता पर्ने गर्छ । लार्के हिमाल अर्ग्यानिक खाद्यवस्तु तथा सौन्दर्य सामग्री उत्पादन गर्ने नेतृत्वदायी संस्थाका रूपमा अघि बढिरहेको छ । 

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा आइएसओ. विज्ञ तत्त्वप्रसाद तिम्सिनाले आइएसओको महत्त्वबारे प्रकाश पार्दै लार्के हिमाल जडीबुटी उद्योगलाई शुभकामना व्यक्त गर्नुभयो । 

उहाँले आइएसओ प्रमाणीकरणपश्चात् संस्था अझ जिम्मेवार बन्दै गुणस्तरीय वस्तु उत्पादन तथा प्रवर्द्धन गर्नेतर्फ उन्मुख हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ०६ बजे