आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मौसममा सुधार, आगामी तीन दिन वर्षाको सम्भावना छैन

काठमाडौँ ।  मौसममा पूर्ण रूपमा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएको छ । 

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ५७ बजे