आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपालबाट हङकङ उडानमा प्रतिबन्ध

काठमाडौं – हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । 

कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा  ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । 

समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : १४ बजे