‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाललाई जितका लागि १३६ रनको लक्ष्य

काठमाडौं – चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली ओमानले नेपाललाई १३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  

शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो । 

ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे । 

यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए । 

ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ०५ बजे