राजमार्गमा दृष्य एक, पीडा अनेक

निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलन गर्ने 

काठमाडौँ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो । 

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले दैनिक पत्रकार सम्मेलन गर्ने बताएको हो । 

पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवत्ताले गर्नेछन् । 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ३८ बजे