आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तनहुँका एक व्यक्ति काभ्रेबाट बेपत्ता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका १० बाङराङका तोलानारायण श्रेष्ठ ९टिकाराम० काभ्रेबाट बेपत्ता भएका छन् । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता भएका हुन् । 

काभ्रेको धुलिखेलस्थित आफन्तकोमा गएका उनी आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताए । बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाईकन हराएका दाजु अझै फेला नपरेको उनको भनाई छ । गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाएका थिए । ‘दाजुको रुमाल घरी घाँटीमा राख्ने घरी टाउँकोमा बाँध्ने बानी छ’, उनले भने ।

वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहेका उनी दुई महिना अगाडि घर फर्किएका थिए । १६ माघमा उनी तनहुँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ । उनलाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ३५ बजे