काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही बेरअघि सुरु भएको पार्टीका सह महामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभयो ।
हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरूको अधिवेशनको सम्बन्धमा छलफल भइरहेको छ ।
पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ ।
पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने नत्र भोलिसम्म चल्ने उनले बताउनुभयो ।
कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्नुभएको थियो ।
प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ३ : १८ बजे
प्रतिक्रिया