सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालले प्राप्त गर्यो साढे ४ करोडभन्दा बढी कोरोना खोप, करिव साढे तीन करोड डोज लगाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको जानकारी दिएको छ ।  

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयले प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको जानकारी दिएको हो  । 

‘२०७८ माघ २७ गते  सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको मन्त्रालयले जनाएको छ । 

२०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको छ । 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ०२ बजे