आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्थानीय तहको निर्वाचन हुनेमा ओलीको आशंका : गठबन्धनले देशलाई असंवैधानिक बाटोमा लान खोजेको भनाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गर्नुभएको छ । 

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रह समेत गर्नुभयो । 

‘एउटा उखान छ– ढाँटको निम्तो खाइ पत्याइनु । जबसम्म खाइदैन तबसम्म ढाँटले निम्तो गर्यो भने भोकै बस्न पर्छ,’ ओलीले भन्नुभयो, ‘अझै पनि हामी सजकताका साथ निर्वाचन निश्चित रुपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ । निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ ।’ 

एमालेको दबाबकै कारण सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा गर्नेगरी स्थानीत तह निर्वाचनको मिति घोषणा गरेको दाबी उहाँले गर्नुभयो  ।  

स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि पनि सरकारमा सहभागी कोही अदालत जाने कोही निर्वाचन हुनै सक्दैन भन्दै हिडेकोले आशंका बढाएको उहाँले बताउनुभयो । ‘स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि गठबन्धनबाट यी कुरा आएका छन् ।

गठबन्धन देशलाई असंवैधानिक बाटोमा लैजाने प्रयासमा अहिले पनि लागिरहेको छ । हामी सजग रहनुपर्छ,’ ओलीले भन्नुभयो । 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : ५६ बजे