धरहराबाट उपत्यका नियाल्ने रहर

सुनको मूल्य बढ्यो, प्रतितोला ९४ हजारमा कारोबार

काठमाडौँ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ४०० तोकिएको थियो ।

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : ५३ बजे