आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राजनीतिक घटनाक्रम नियालेर मात्रै माओवादीले केन्द्रीय समिति बैठक बस्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारूढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको पाइएको छ । 

नेता हरिबोल गजुरेलले फागुन २ गते बस्ने सङ्घीय संसद् बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताउनुभयो ।

“संसद्मा एमसीसीबारे त क्लियर हुनुभयो । नभईकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसद्मा एमसीसी बारेको अवस्था के हुन्छ? त्यसपछि कसरी जाने ?, के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठिक हुन्छ”  नेता गजुरेलले भन्नुभयो ।

एमसीसीका कारण माओवादी विवादित छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन गर्न सहमत रहेको भनी लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो । 

यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने बैठकको एजेन्डा थियो । बैठकमा स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिव सहितको पदाधिकारी छनोट गर्ने लगायतका विषयमा छलफल हुने बताइएको थियो । 

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : ५१ बजे