‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पश्चिमनवलपरासीमा गाउँले र सशस्त्र प्रहरीबीच झडप : गोली लागेर एकको मृत्यु

रुपन्देही । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । प्रहरीले भिडि नियन्त्रण गर्न चलाएको गोली लागेर  प्रतापपुर गाउँपालिका(६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको छ । गोलील लागेर गम्भीर घाइते भएका राजभरको शहीद स्मृति अस्पताल चौपातामा उपचारका लागि भर्ना गरिएको थियो । थप उपचारका लागि बुटवल सिटी अस्पतालमा पुर्‍याइएको थियो। उपचारका क्रममा राजभरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिक-(५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भीड नियन्त्रण गर्न गोली चलाइएको प्रहरीको दावी छ । 

बिहान भारतीय सीमा क्षेत्रतर्फ जाँदै गरेका ४/५ जना युवालाई सीमामा खटिएको प्रहरीले रोक्न खोज्दा प्रहरिमाथि नै जाई लागेछन्, पछि गाउँका थप युवाले समेत ल्याएर प्रहरीमाथि आक्रमण गर्न खोज्दा आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको हो ।

शुरूमा ५/७ जनाको समूहमा आएकालाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले अरु साथी ल्याएका थिए ।

स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।ठूलो समूहमा आएका गाउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भीड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो  ।

भीडलाई नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरिए पनि नियनत्रणमा लिन नसकेपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो  ।

स्थानीयको आक्रमणबाट नाकाको सुरक्षार्थ खटिएका सशस्त्र नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : ०७ बजे