राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन हुनुभएको छ । 

नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको एक महिनापछि अध्यक्ष मण्डलले सबै आकाङ्क्षीलाई सहमत गराई नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै, कमिटीको उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन हुनुभएको छ । 

त्यसैगरी, जिल्ला कमिटी सदस्यहरू पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिनुभयो । 

पुस २३ गते बाह्रबिसेमा एमाले सिन्धुपाल्चोकको नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । त्यसपछि विभिन्न कारण नेतृत्व चयन हुन सकेको थिएन ।

सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : २८ बजे