राजमार्गमा दृष्य एक, पीडा अनेक

षडयन्त्रकारीले ड्रम ठोकेर सन्तुलित परराष्ट्र सम्बन्ध बिगारे: नेता बास्कोटा  

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले नेपालले सन्तुलित परराष्ट्र सम्बन्ध बनाइराख्नुपर्छ भन्दा नमानेर बढी चलखेल गर्नेहरूकै कारण मुलुक अमेरिका र चीनको च्यापुमा पर्न  लागेको बताउनुभएको छ । 

उहाँले नेपाल एउटा सुन्दर बगैँचा भएको र दुई ठुला हात्तीहरू चीन र अमेरिकाले पिरती लाए पनि जुँदे पनि नेपाललाई नोक्सान हुने बताउनुभएको हो ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै नेता बास्कोटाले, सन्तुलित परराष्ट्र नीतिको पक्षमा रहेको एमालेलाई समाप्त पार्न षडयन्त्रकारी ड्रम बजाउनेहरूले सम्भावित परिणामको जिम्मा लिनुपर्ने उल्लेख गर्नुभएको छ। 

“हामीले हात्ती जुधे पनि बगैँचाको सत्यानाश र उनीहरूले पिरती लाए पनि बगैँचाको सत्यानाश भन्ने सोचेर व्यवहार गर्नु पर्छ भनेकै हो। सन्तुलित परराष्ट्र सम्बन्धको षडयन्त्रकारी ड्रम ठोकेर बस्न टिक्न दिएनन्।अब असान्दर्भिक रूपमा हात्ती बोलाउनेहरू बाजा बजाएर नाच१ बिहेको समय छ१बढी चलखेलको परिणाम। नेता बास्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : २२ बजे