आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अवरुद्ध सहिदमार्गको रिका खण्ड पुनः सञ्चालन

रुकुमपूर्व । गतसातादेखि हिमपातको कारण अवरुद्ध सहिदमार्ग सञ्चालनमा आएको छ । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक  गणेशबहादुर श्रेष्ठले अवरुद्ध सहिदमार्ग  पुनः सञ्चालन आएको  जानकारी दिनुभयो ।

वर्षेनी हिमपातका कारण सहिदमार्गको सो खण्डमा सडक अवरुद्ध हुने गर्छ । हिमपातकै कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : ११ बजे