आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतदाता नझुकिउन्, एमालेको लोगो र चुनाव चिन्ह अलग अलग प्रयोग गरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले पार्टीको लोगो, चुनाव चिन्ह र झण्डालाई अलग अलग प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

एमाले निर्वाचन आयोगका अध्यक्ष सुब्बाले पार्टीका कतिपय कार्यक्रमहरूमा पार्टीको लोगो, चुनाव चिन्ह र झण्डाको सही रुपमा प्रयोग नभएको भन्दै यस्तो आग्रह गर्नु भएको हो । गत असोजमा भएको एमालेको विधान महाधिवेशनले पार्टीको लोगोको रुपमा सूर्य भित्र हँसिया हथौडा राख्ने निर्णय गरेको थियो ।

उहाँले सूर्य चिन्ह भित्र रहेको पहेँलो हँसिया हतौडाको चिन्हलाई नेकपा एमाले पार्टीको लोगोको रुपमा चिठ्ठी–पत्र, ब्यानर र छापको रुपमा प्रयोग गर्न आग्रह गर्नु भएको हो । उहाँले सूर्य चिन्हलाई चुनाव चिन्हको रुपमा प्रयोग गर्न र रातो रङ्गको झन्डामा सेतो हँसिया हतौडालाई कम्युनिष्ट पार्टीको झन्डाको रुपमा बुझ्न आग्रह गर्नु भएको हो ।

उहाँले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्र हँसिया हथौडा भएकोले मतदाता झुक्किन सक्ने भन्दै यसमा सबै जना सचेत हुनपनि आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : ०२ बजे