आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।

बिहीबारको बैठकले अन्य राजनैतिक दलहरूसँग समेत छलफल गरी एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो।

आजको बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ः०० बजे बस्ने पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।

आज बस्ने बैठकमामा आगामी स्थानीय तहको निर्वाचन, पदावधि सकिएका भातृ सङ्गठनहरूको अधिवेशन लगायतका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।  

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ३९ बजे