आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मौसम: यी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र  हिमपातको सम्भावना 

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ र तराइका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०७८ माघ २८ गते(शुक्रवार)
​​​​​​​दिउँसो
: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १ को पहाडी  भू–भागका एक र दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली  भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ २९ गते (शनिवार)
दिउँसो:
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

२०७८ माघ ३० गते (आइतबार)
दिउँसो: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राती:  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

 

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ४७ बजे