दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढायो दूधको मूल्य

काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी)ले स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएसँगै डीडीसीले पनि उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो । 

कच्चा दूधको मूल्यवृद्धिसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । त्यसपश्चात डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो । 

अहिले डीडीसीले आधा लिटर दूधको मूल्य ३८ रुपैयाँ तोकेको छ । अब भने आधा लिटरलाई साढे ४२ रुपैयाँ पर्नेछ । 

यसअघि माघ १७ गतेको मन्त्रिपरिषद बैठकले कच्चा दूधमा प्रतिलिटर किसानले पाउने मुल्य ५६ रुपैयाँ ४ पैसा तोकेको थियो । सरकारले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य तोकेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरुले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए । उनीहरुले उपभोक्ता मूल्य लिटरमै १० रुपैयाँ बढाउनु पर्ने दबाब दिइरहेका छन् ।

कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण भएपछि घाटा लाग्ने भन्दै प्रदेश १ र लुम्बिनी प्रदेशका डेरीहरुले उपभोक्ता मूल्य बढाइसकेका छन् । 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १ : ४३ बजे