सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एसइईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

​​​​​​​काठमाडौँ । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसइई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । 

तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

वैशाख ११ गते आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । वैशाख १३ गते आइतबार अनिवार्य विज्ञान र वेद विद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । वैशाख १४ गते अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, मार्केटिङ, इन्जिनियरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

यसैगरी वैशाख १५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ वेद वा नीति शास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङको परीक्षा हुनेछ ।

त्यस्तै वैशाख १६ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेद विद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ भने वैशाख १७ गते शनिवार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेद विद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटाबेस म्यानेजमेन्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

वैशाख १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एण्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनीयरिङको परीक्षा हुनेछ ।

वैशाख १९ गते प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एण्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ ।

अन्तिम दिन वैशाख २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इन्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ । 

कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसइई भएको थिएन । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

एसइईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित):

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ९ : २१ बजे