आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पशुपतिनाथ मन्दिर खुला हुने

काठमाडौं । शुक्रबारदेखि दर्शनार्थीका लागि बन्द पशुपतिनाथ मन्दिर खुला हुने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : ५३ बजे