सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

देशभर २४०१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । र, आज थप १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ । यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : १५ बजे