दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पुँजीगत खर्च गर्न सरकार पुरै असफल

काठमाडौँ । सरकारले पछिल्लो ६ महिनामा पुँजीगत खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको छ । 

२०७८ साउन देखि पुससम्म सरकारले चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको हो । 

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ । 

राष्ट्र बैंकका अनुसार सो अवधिमा कर राजस्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजस्व ४८ अर्ब ६ करोड रुपैयाँ परिचालन गरिएको हो । 

पछिल्लो ६ महिनामा संघीय सरकारले ट्रेजरी विल मार्फत ६ अर्बको आन्तरिक ऋण परिचालन गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ०५ बजे