रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको शव गहुँबारीमा फेला परेको छ ।
ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । प्रहरीका प्रारम्भीक अनुसन्धनामा उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी थिइन् । प्रहरीले शवको पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने बताएको छ ।
प्रकाशित मिति : २६ माघ २०७८, बुधबार २ : ०१ बजे
प्रतिक्रिया