दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य तोलामा ३ सयले बढ्यो, प्रतितोला ९३ हजार ४ सयमा कारोबार 

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

मङ्गलवार प्रतितोला तोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ११ : ३४ बजे