सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

हिमपातले मनाङमा खोप अभियान स्थगित

मनाङ । हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । 

हिमपातले पैदल मार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो ।

मनाङमा कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताउनुभयो । आचार्यका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो । 

नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबै जना काठमाडौँ, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ । मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो ।

२०७७ माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । मनाङमा एक हजार बढीले बुस्टर खोप लगाएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोना विरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेका छन् । 

चामे र नासोंमा बुस्टर खोप लगाइसके पनि माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट सुरु गर्ने भनिए पनि हिमपातले प्रभावित भएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ४६ बजे