राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले चितवनले पायो नयाँ नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

चितवन । नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । 

अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरु भएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । 

कोरोना मत्थर भएसँगै एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएको छ । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा हुनुहुन्छ ।

कोरोनाको सङ्क्रमण भएका जिल्ला नेता कार्यकर्ता सङ्क्रमणमुक्त र जिल्ला इन्चार्ज देवी ज्ञवालीको पिताको मृत्युपछिको क्रियाक्रम सकिएपछि बुधवार जिल्ला नेतृत्व चयन गरिएको हो ।

जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुङ्गाना चयन हुनुभएको छ । आज नै १३२ सदस्यीय जिल्ला कमिटी घोषणा हुँदैछ । 

जिल्ला कमिटीको आज दिउँसो १:०० बजे जिल्ला पार्टी कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : २२ बजे