राजमार्गमा दृष्य एक, पीडा अनेक

प्रदेशसभाअन्तर्गत तीन वटै विषयगत समितिले पायो सभापति

जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीन वटै विषयगत समितिले सभापति पाएको छ । 

निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव निर्वाचित हुनुभएको छ ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगत्प्रसाद यादव सर्वसम्मत निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : ०३ बजे