काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुग्नुभएको छ । एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गर्न कांग्रेस नेता कोइराला मंगलबार साँझ बालकोट पुग्नुभएको हो ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको जनाइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेटवार्ता गर्दै आउनु भएको थियो ।
प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार ८ : ०० बजे
प्रतिक्रिया