सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता

एजेन्सी । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति  दिएको छ । 

एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् । 

यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म भारतमा करिब एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : २४ बजे