रसुवा – लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् ।
भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले अग्निरेखा बनाइरहेको छ । संरक्षित जङ्गलमा लागेको डढेलोबाट उत्पन्न धँुवाले सदरमुकामलगायत आसपासका मानवबस्ती प्रभावित भएको छ । डढेलो ब्रावलको भीर हुँदै सडक मुनिको पूर्वीभाग केवुतर्फ अगाडि बढेको निकुञ्जका वन प्राविधिकले जनाएका छन् ।
प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार १० : २७ बजे
प्रतिक्रिया