राजमार्गमा दृष्य एक, पीडा अनेक

 नेपाली काँग्रेसको प्रवक्तामा डा. महत  

काठमाडौँ । नेपाली काँग्रेसको प्रवक्तामा डा. प्रकाश शरण महत मनोनयन हुनुभएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई आज बिहान प्रवक्ता मनोनयन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारी सरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । 

महत काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । उहाँलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ११ : २४ बजे