दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जेफ बेजोसको पानीजहाजलाई बाटो खोल्न ऐतिहासिक पुल हटाउने तयारी

एजेन्सी । अर्बपति जेफ बेजोसको नयाँ पानीजहाजलाई बाटो बनाउनका लागि एउटा ऐतिहासिक पुल हटाउन लागिएको रोटरड्यामको बन्दरगाहले पुष्टि गरेको छ।

नेदरल्याण्ड्सको रोटरड्यामस्थित सो ऐतिहासिक पुल हटाउन लागिएको हो ।

विश्वका सबैभन्दा धनी व्यक्तिको विलासी पानीजहाज ओसीएनकोले निर्माण गरिरहेको छ।

१२७ मिटर लामो रहेको बताइएको उक्त पानीजहाजको उचाइका कारण कोनिङ्सह्याभन ब्रिज पार गर्न नसक्ने उल्लेख गरिएको छ।

नगर प्रमुखको कार्यालयका प्रवक्ताले यसबारे योजना पत्रकारहरूलाई बताएका छन् जसमा बेजोस ओसीएनमार्फत उक्त कार्यका लागि लाग्ने खर्च तिर्न तयार भएको बताइएको छ। बीबीसी

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ३२ बजे