राजमार्गमा दृष्य एक, पीडा अनेक

एमसीसीमा तनाव : पाँच दलीय सत्तारुढ गठबन्धन छाडेर जनमोर्चा सडकमा

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी तीव्र भइरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होमिएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय सत्ता गठबन्धनबाट अलग भएर जनमोर्चा भने एमसीसीको विरोधमा आन्दोलनमा होमिएको हो ।

सत्ता गठबन्धन तथा सङ्घीय संसदभन्दा बाहिर रहेका साना वामपन्थी दलहरूसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले माघ २५ गते र २६गतेका लागि देशैभरि विरोध प्रदर्शन गर्ने निर्णय अनुसार सडक सङ्घर्षमा उत्रिएको हो । 

जसअनुसार माघ २५ गते देशैभरि संयुक्त कोणसभा गर्न लागेका साना वामपन्थी दललाई साथ दिँदै जनमोर्चाले माघ २६ गते काठमाडौँ उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवन अगाडी विरोध प्रदर्शन र देशैभरि सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय लिएको छ ।

साना वामपन्थी दलहरूसँग मिलेर सडक सङ्घर्षमा उत्रिएको जनमोर्चाले  ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न’ अपिल समेत गरेको छ ।

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : २७ बजे